वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तलबका विषयलाई लिएर विवाद



Download our app to get more features

धरान, ६ फाल्गुन । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तलब बढाउने विषयमा कार्यकारी समिती र शिक्षक कल्याण समाजबीच विवाद उत्पन्न भएको छ ।


कार्यवाहक उपकुलपति प्रा. डा. गुरु खनालले आफूलाई प्रतिष्ठानका कार्यकारिणी समितिका सदस्यले असहयोग गरेपछि तलब वृद्धि गर्न नसकेको चिकित्सक समाजसँग बताएपछि विवाद सुरु भएको हो ।

खनालले शिक्षक, चिकित्सक, कर्मचारीहरुले माग गरेको तलब वृद्धिबारे कुनै प्रस्ताव पेस नगरेको बताएका छन् ।

प्रतिष्ठानको दुई महिनाअघि बसेको ४३ औं ‘सिनेट’ ले तलब वृद्धिसम्बन्धी निर्दे्िशका पारित गरेको थियो । प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले फ्याकल्टी तथा कर्मचारीको तलब कम्तिमा २० प्रतिशत तलब वृद्धि गर्न माग गरेपछि ‘सिनेट’ ले निर्देशिका पारित गरेको थियो । तर, समाजको मागबारे खनालले आफूलाई मातहतका पदाधिकारी र कार्यकारिणी सदस्यबाट असहयोग भएको भन्दै एक्लै निर्णय गर्न नसकेको बताए । 

कार्यकारिणी सदस्यहरुले तलब वृद्धिको निर्णय गर्न नसक्ने र सिनेटले मात्र गर्ने भएकाले आफूहरुलाई यो प्रकरणमा लतार्नु गलत नियत भएको बताएका छन् । 

कार्यकारिणी सदस्यहरु डा.गौरीशंकर साह, डा.पशुपति चौधरी र डा.निर्मला लिम्बुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यबाहक उपकुलपतिको अभिव्यक्ति गलत भएको जनाएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts