डा.सतिश देव र चिकित्सकमाथि मानमर्दन भएको छैन : चिकित्सक संघ 



Download our app to get more features


काठमाडौं, ७ फागुन । नेपाल चिकित्सक संघले डा. सतिश देव र चिकित्सकमाथि मानमर्दन नभएको बताएको छ।

 संघले बुधबार एक विज्ञप्ती जारी गरी डा.सतिश देव र चिकित्सकमाथि मानमर्दन नभएको बताएको हो। गत फागुन २ गते संघका आजीवन सदस्य डा.सतिश देवले फागुन १ गते स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा स्वास्थ्य बिमा सम्बन्धि छलफलका शिलशिलामा स्वास्थ्य सचिवले दिएको अभिव्यक्तिमा आपति प्रकट गर्दै नेपाल चिकित्सक संघमा निवेदन दर्ता गराएका थिए । निवेदन पत्रमा उल्लेख भएका विषयवस्तुका आधारमा स्वास्थ्य सचिव ,सह–सचिव, चिकित्सकहरु तथा स्वास्थ्य मन्त्रालयका  सरोकारवालाहरुसँग भएको सामूहिक छलफलका आधारमा स्वास्थ्य सचिवले स्वास्थ्य बिमाको विषयवस्तुमा केन्द्रित रही छलफल गरेको भन्ने पुष्टि भएको संघले विज्ञप्तीमा उल्लेख गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts