शल्यक्रिया कक्षमा संक्रमण फैलिएको बारे छानवीन गर्छौं  : नेपाल मेडिकल कलेज



Download our app to get more features

काठमाडौं, ८ फागुन । नेपाल मेडिकल कलेज, अत्तरखेलको शल्यक्रिया कक्षमा संक्रमण नफैलिएको अस्पतालका निर्देशक डा.राजेश किशोर श्रेष्ठले दावी गरेका छन् । 

आइतबार र सोमबार शल्यक्रिया गरिएका बिरामीहरुमा एकै खालको स्वास्थ्य समस्या देखिएपश्चात् अस्पतालले शल्यक्रिया कक्ष नै बन्द गराएको थियो। शल्यक्रियाका समयमा प्रयोग हुने सलाइन तथा औषधिका कारण आइतबार र सोमबार शल्यक्रिया गरिएका तीन जना बिरामीमा पिसाब बन्द हुने समस्या देखिएको डा।श्रेष्ठले स्वीकार गरे । अहिले २ जना बिरामी निको भइसकेको र एकजनाको उपचार भइरहेको श्रेष्ठ बताउँछन्।  

समस्याको पहिचान तथा समाधानका लागि मेडिकल काउन्सिलको उपस्थितिमा विशेष छानविन समितिको गठन गरिने उनले बताए । मेडिकल काउन्सिलबाट गएको टोलीको अध्ययनपश्चात् शल्यक्रिया कक्ष पुन सञ्चालनमा आउने बताइएको छ । उनी भन्छन् – यो सामान्य समस्या हो, करिब ३ महिना अगाडिपनि  शल्यक्रिया गराइएका बिरामीहरुमा यस्तो समस्या देखिएको थियो।

Last modified on 2020-02-20 11:42:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts