डोटीमा पन्ध्र शैयाको अस्पताल बन्दै



Download our app to get more features

डोटी, ८ फागुन । डोटीको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल बन्ने भएको छ। 

जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाइने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ शैंयाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन्। उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्य्िवधि तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइनेछ। 

उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए । सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ। जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयव बमबहादुर बमले बताए।
 

Last modified on 2020-02-20 18:00:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts