चीनमा हुँदा आफ्नै साथीमाथि समेत शंका लाग्थ्यो 



Download our app to get more features

नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल सरकारले ४ फागुनमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याएपछि नयाँ जीवन पाए जस्तो भएको छ । चीनको हुवेइ प्रान्तमा कोरोना भाइरस संक्रमण पैmलिएपछि कयौं दिनदेखि बाहिर निस्कन सकेका थिएनौं । धेरै दिनपछि आफ्नै जन्मभूमिमा निस्कन पाएकोले निकै आनन्द लागेको थियो। 

सरकारले नेपाल मात्रै ल्याइदिँदा पनि हामी निकै खुसी भएका थियौ । पाँच वटा बसमा राखी खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनस्थित क्वारेन्टाइनमा पु¥याउँदा हामी अझै दंग प¥यौं । हाम्रा लागि त्यहाँ सरकारले निकै राम्रो खाने, बस्ने र औषधि उपचारको व्यवस्था मिलाएको रहेछ । त्यहाँ पुग्नासाथै एकछिन सबै जना दंग प¥यौं । क्वारेन्टाइन स्थलमा उच्च सतर्कता तथा निगरानीका साथ राखिएको छ । यहाँ राखिएको बेड, खाद्यान्न, सरसफाईलगायतका कुरा विश्व स्वास्थ्य संगठनले तोके बमोजिम छ । सबै सरसामान नयाँ छन् । इन्टरनेट, सिम कार्ड, खेलकूदका सामाग्री, हाइजेनिक खानालगायत सरकारले व्यवस्था गरेको छ । चीनबाट ल्याइएका विद्यार्थीका लागि गरेको सम्पूर्ण व्यवस्थापन राम्रो छ । यसका लागि सरकारलाई हृदयदेखि नै धेरैधेरै धन्यवाद भन्न चाहन्छु। 

चीनमा कोरोना फैलिएको थाहा पाउनासाथ हामी आफ्नो कोठाबाट बाहिर नै ननिस्की बसेका थियौं । त्यसकारण म यस कुरा ढुक्क थिए कि मलाई कोरोना संक्रमण भएको छैन । तर हामीलाई नेपाल फर्कनका लागि विमानस्थलसम्म आइपुग्न ठूलै जोखिम थियो । कतै त्यति बेला नै हामीलाई कोरोना संक्रमण त हुँदैन । एउटै कोठाका बाहेक अन्य साथीको नजिक पर्न समेत डर लाग्थ्र्याे । उसैको कारण कोरोना संक्रमण हुने त होइन भन्ने ठान्थ्यौं । सरकारले गरेको ल्याब परीक्षणको रिपोर्ट हिजो सार्वजनिक ग¥यो । रिपोर्टअनुसार हामी कसैंमा पनि कोरोना भाइरस पोजेटिभ देखिएन । ल्याब रिपोर्टले मलगायत १७५ जनाकै जिन्दगीमा सुनौलो बिहानी ल्याइदिएको छ । यद्यपि, कोरोना भाइरस नेगेटिभ देखिए पनि हामीले अझै सुरक्षित रहनु पर्छ । अझै केही दिन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै हेरचाह गरिरहेका छौं । 

 

 


(खरिपाटी क्वारेन्टाइनमा रहेका सरोज खनालले हाम्रो डक्टरकी प्रतिनिधि लक्ष्मी चौलागाईसँग गरेको कुराकानीका आधारमा) 
 

Last modified on 2020-02-20 18:06:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts