ट्रमा सेन्टरको मेसुमा डा. सन्तोष पौडेल, कान्तिको जिम्मा डा. कृष्ण पौडेललाई 



Download our app to get more features

काठमार्डौ, ८ फागुन । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा.सन्तोष पौडेल नियुक्त भएका छन् । उनलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई सेन्टरको मेडिकल सुपरिटेण्डेन्ट बनाएका हुन् । उनी हाडजोर्नी रोग विशेषज्ञ हुन् । यसअघि उनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारीणी समितिमा नियुक्त गरिएको थियो । पौडेल तत्कालिन एमाले निकट चिकित्सकहरुको संस्थामा राष्ट्रिय चिकित्सक संघमा पनि आवद्ध छन् । 

त्यस्तै कान्ति अस्पतालको निर्देशकमा डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ । उनी यसअघि जनस्वास्थ्यमा स्नातकोत्तर गर्न विदेश गएका थिए । तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले पौडेललाई तत्कालिन बालस्वास्थ्य महाशाखाको निर्देशक बनाएका थिए । सो बेला क्लिनिकल हेल्थमात्र पढेको मान्छेलाई व्यवस्थापकीय जिम्मेवारी दिइएको भन्दै आलोचना समेत भएको थियो । 

यता टेकु अस्पतालको निर्देशक रहेका सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी पाएका छन् । उनी लामो समयदेखि इडिसिडीको निर्देशक बन्ने दौडधूपमा थिए । त्यहाँका निर्देशक डा. विवेककुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक बनाएर पठाइएको छ भने त्यहाँका निर्देशक सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक बनाइएको छ ।  
 

Last modified on 2020-02-20 17:54:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts