स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ, लोहनीलाई नीति तथा योजना



Download our app to get more features

काठमाडौ, ८ फागुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गर्दै जिम्मेवारी दिएका हुन् ।  उनी लगायत थुप्रैको बिहीवार जिम्मेवारी हेरफेर भएको छ । यसअघि विभागका निमित्त महानिर्देशक रहेका डा. रोशन पोखरेललाई मन्त्रालय तानिएको छ । 

त्यस्तै कोशी अञ्चल अस्पतालबाट काठमाडौं तानेर जनसंख्या व्यवस्थापन महाशाखामा राखिएका डा. गुणराज लोहनीलाई नीति योजना महाशाखाको प्रमुख बनाइएको छ । उनी कोशी जानुअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts