सरकारले स्वास्थ्य तर्फको लोकसेवा नखुलाएको भन्दै मन्त्रीलाई ज्ञापनपत्र



Download our app to get more features

काठमाडौं, ९ फाल्गुन । स्वास्थ्यकर्मी संघर्ष समितिले सरकारले स्वास्थ्य सेवा तर्फ लोकसेवा आयोग नखुलाएको भन्दै आपत्ति जनाएको छ ।

समितिले तीन तहमा कर्मचारी समायोजन गरेको एक वर्ष हुन लाग्दा समेत स्वास्थ्य सेवा तर्फको लोकसेवा नखुलाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएको हो ।

समितिले विगत २ वर्षदेखि स्वास्थ्यको लोकसेवा नखुलेको र प्रदेश सरकारले नीति नियम नबनाएकाले स्थानीय र प्रदेश सरकारले करार खोली आफ्नो आसेपासे भर्ती गर्ने र दक्ष जनशक्ति भर्ती गर्ने परिपाटी बन्दै गएकोमा पनि आपत्ति जनाएको छ । 

लामो समयदेखि स्वास्थ्य तर्फको लोकसेवा नखुलाइदा स्वास्थ्य तर्फका कर्मचारी अन्यौलमा परेको र दक्ष जनशक्ति अभाव हुँदा त्यसले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको समितिको ज्ञापनपत्रमा उल्लेख छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts