यस्ता शारीरिक समस्यामा गाँजाको प्रयोग फलदायी



Download our app to get more features

काठमाडौं, ९ फागुन । नेपाली समाजमा महाशिवरात्रीका बेला गाँजालाई भगवान शिवको प्रसादको रुपमा सेवन गर्ने गरिन्छ । गाँजाको बिक्रीवितरण तथा प्रयोगमा सरकारले प्रतिबन्ध लगाए पनि यस दिन शिवालय तथा आसपासका क्षेत्रमा बिक्री तथा प्रयोग हुने गरेको पाइन्छ । गाँजामा हुने विभिन्न रसायन मानव स्वास्थ्यमा नकारात्मक हुन्छन्। यद्यपि, यसको प्रशोधनपछि भने औषधि गुणको रुपमा पनि प्रयोग गर्न सकिने आधुनिक चिकित्सा विज्ञानले जनाएको छ।

गाँजाको प्रयोग विभिन्न रोगका लागि फलदायी मानिन्छ । चीन, अमेरिकालगायत मुलुकमा गाँजालाई औषधिका रुपमा प्रयोग गर्ने सकिने गरि कानुन बनेका छन् । चीनमा इशापूर्व २७३७ मा चीनका संम्राट सेन नुंगले सबैभन्दा पहिले गाँजाको प्रयोग इतिहास छ । चीनबाट सुरुवात भएको गाँजा प्रयोग भारत, अफ्रिकाका विभिन्न देशमा हुन थाल्यो। हाल अमेरिका, युरोपलगायत विकसित र शक्तिशाली मुलुकहरुले समेत गाँजाको प्रयोगलाई खुकुलो बनाएका छन् । विभिन्न प्रकारका शारीरिक दुखाई, वाकवाकी, अल्जाइमर्स जस्ता रोगका लागि गाँजा उपयोगी मानिन्छ । सन् १९९६ मा अमेरिकाको क्यालिफोर्निया राज्यले औषधि विज्ञानको प्रयोग लागि भन्दै गाँजालाई कानुनी मान्यता प्रदान गरेको थियो। 

विभिन्न प्रकारका औषधीय प्रयोजनका लागि गाँजा फलदायी मानिन्छ । जसअन्र्तगत आँखा दुख्ने, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, विभिन्न प्रकारका शारीरिक पीडा, अपच जस्ता समस्यामा गाँजाको प्रयोग राम्रो मानिने अनुसन्धानले पत्ता लगाएको छ । गाँजाको प्रयोग विभिन्न प्रकारका घातक रोगहरुको उपचार गर्न सकिने विज्ञहरुको भनाई छ । शरीरमा क्यान्सरका कारण फैलिएका कोषहरु मार्न, रक्सी लगायतका कलत छुटाउन समेत गाँजा उपयोगी मानिन्छ। 

Last modified on 2020-02-21 15:01:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts