शिवरात्रिमा हेल्थ असिस्टेन्ट एशोसियसनद्वारा पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाडौं, ९ फागुन । हेल्थ असिस्टेन्ट एशोसियसनले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

 एशोसियसनले चार वर्षदेखि महाशिवरात्रिको अवसरमा पशुपति दर्शनमा आउने भक्तजनलाई मध्येनजर गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको एशोसियसनका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार शिवरात्रिका दिन बिहान ३ बजेदेखि सुरु भएको स्वास्थ्य शिविरमा दिउँसो ३ः३० सम्ममा करिब आठ सय जनाले सेवा लिएका छन् । भक्तपुर, ललितपुर तथा काठमाडौं तीनै जिल्लाको जिल्लास्तरीय समितिको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा चिकित्सकीय सेवाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ। 


 

Last modified on 2020-02-21 16:10:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts