लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सफाई, १० टन फोहोर निकालियो



Download our app to get more features

रुपन्देही ९ फागुन । घाँटीमा एथेस्कोप र सेतो एप्रोन लगाएर बिरामीको सेवामा खटिने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्स शुक्रवार भने हातमा पञ्जा लगाएर कूचो लगाइरहेका थिए । 

पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल वरिपरी हातमा कुचो बोकेर सरसफाई गरिरहेका उनीहरु तर्फ धेरैको ध्यान आकृष्ट भयो । अस्पतालका मेसु डा. राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्रि भएपनि मन्दिरमा नगएर बिरामीको सेवा गर्ने मन्दिर सफा गर्ने निर्णय गरियो । 

लेखा अधिकृत अब्दुल गफद्धारा खाँले बिरामीको मात्र उपचार गर्ने अस्पतालमा अस्पतालकै उपचार भैरहेको बताए । अस्पताल सफा रहे अस्पतालमा आउने बिरामीलाई अन्य रोग संक्रमणको जोखिम कम हुन्छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १ सय १० आंै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत शुक्रवार अस्पताल परिसर सफाई गरिएको हो । फागुन ९ देखी १५ सम्म विभिन्न कार्यक्रम गरेर अस्पतालले वार्षिकोत्सव मनाउँदै छ ।  

अस्पताल परिसरबाट १० टनभन्दा बढी फोहर निकालिएको अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेले बताइन् । उनले अस्पतालका सटर वरिपरिबाट सबैभन्दा बढी फोहर उठाइएको जानकारी दिइन् ।  

अस्पतालका मेसु डा. राजेन्द्र खनालले अस्पतालमा साप्ताहिक रुपमा फोहर उठाउने कार्य सुरु गरिएको भन्दै सफाइ अभियानले निरन्तरता पाउने बताए । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यवहादुर भट्राईले अस्पताल वरिपरी प्लाष्टिक मुक्त बनाउने बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts