बढ्दो उमेरसँगै अल्जाइमरको जोखिम 



Download our app to get more features

परिचय
स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । यस रोगले व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउने,नयाँ कुरा सिक्न नसक्ने तथा हिँडडुल गर्न ग्राहो बनाउँछ । बढ्दो उमेरसँगै यस रोगको जोखिम पनि बढ्दै जान्छ । यसले व्यक्तिको सोच,स्मृति, बोली, निर्णय क्षमता लगायतका पक्षहरुमा प्रभाव पार्छ ।उमेर बढ्दै जाँदा अर्थात् ६० वर्ष पार भएपछि प्रायमा अल्जाइमरको समस्या देखा पर्छ। यदि अघिल्लो पुस्ताका कसैमा अल्जाइमरको समस्या भएमा पछिल्लो पुस्तामा पनि यस खालको समस्या देखा पर्छ। टाउकोमा ठूलो चोट लागेमा,उच्च रक्तचापको समस्या,मधुमेह, मोटोपना जस्ता समस्या भएका व्यक्तिहरुमा पनि अल्जाइमरको उच्च जोखिम हुन्छ। 
लक्षणहरु 
स्मरणशक्तिमा विस्तारै ह्रास आउँदै जानु नै अल्जाइमरको संकेत हो । अल्जाइमर रोगीले आफूलाई उक्त रोग लागेको थाहा नपाउन सक्छ । परिवारका अन्य सदस्यहरुले उनीहरुको व्यवहारमा आएको परिवर्तनका कारण रोगको पहिचान गर्छन् । 
यस रोग लागेपश्चात् बिरामीले बारम्बार एउटै प्रश्न गरिरहने, महत्वपूर्ण दिन समेत बिर्सेने गर्छ ।
उपचार 
यस रोग कुनै पनि निश्चित उपचार छैन ।चिकित्सकको सल्लाहअनुसार स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलायहरुलाई भने व्यवस्थित गर्न सकिन्छ । नियमित रुपमा गरिने व्यायाम, सामाजिक क्रियाकलाप लगायतले रोग बढ्न सक्ने सम्भावनालाई भने घटाउन सकिन्छ । 
रोकथाम 
नियमितरुपमा गरिने शारीरिक व्यायाम,सामाजिक कार्य,चिल्लो तथा मसालादार खानेकुराहरुको न्यून प्रयोग,सागसब्जी तथा फलफूलको नियमित प्रयोगजस्ता कुराहरुले अल्जाइमरको सम्भावनालाई भने कम गर्छ । 

  

Last modified on 2020-02-22 13:47:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts