कोरोना भाइरस प्रकोपले दरबार हाइस्कूल हस्तान्तरणमा ढिलाई



Download our app to get more features

काठमाडौं,१० फागुन ।  चीनको उहानबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित दरबार हाइस्कूलको हस्तान्तरणमा ढिलाई भएको छ।

स्कूलको पुनःनिर्माण कार्य सकिए पनि कोरोना भाइरस प्रकोपका कारण चिनियाँ टोली अनुगमनका लागि  नेपाल आउन नसक्दा स्कूलको हस्तान्तरण कार्य रोकिएको हो।माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको उक्त स्कूल प्रकोप नियन्त्रण र मानिस आवतजावत गर्न सहज  वातारण हुनासाथ चीनले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ। 
 

Last modified on 2020-02-23 14:20:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts