दार्चुलामा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत् उद्दार



Download our app to get more features

दार्चुला,१० फागुन। दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको महाकाली नगरपालिका– १ की ३२ वर्षीया कौशीला धामीको उद्दार गरिएको हो। 

उनी शुक्रबार राती जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी थिइन्। तर चिकित्सकले उनको नवजात शिशुलाई आइसियुमा राख्नुपर्ने बताएपछि उनलाई शनिबार हेलिकोप्टरमार्फत कोहलपुर अस्पताल नेपालगञ्ज लगिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा उनको हवाई उद्दार गरिएको बताइएको छ।

Last modified on 2020-02-22 16:02:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts