ढिलाे सुरु भएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी-एमएसको परीक्षा बहिष्कार



Download our app to get more features

पोखरा, १० फाल्गुन । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानले शनिबार लिएको एमडी/एमएस प्रवेश परीक्षामा धाधँली भएको भन्दै केहि विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन् ।

निर्धारित समय दिउँसोको २ बजे सुरु हुने भनिएको परीक्षा समयभन्दा एक घन्टा ढिलो सुरु भएको र प्रश्न पत्र “आउट” गरिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । 

परिक्षा सुरु हुने भनेर परीक्षा केन्द्र भित्र पसिसकेका विद्यार्थीहरु लामो समय हुँदा पनि परीक्षा सुरु नभएपछि बाहिर निस्केका थिए । केहि विद्यार्थीहरुले फेरि भित्र पसेर परीक्षा दिए पनि करिब २ सय जना विद्यार्थीले परीक्षा बहिस्कार गरेको एक विद्यार्थीले बताए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षदेखि एमडी÷एमएसको पढाई सुरु गर्न १७ ओटा सीटमा अनुमति पाएको थियो । परीक्षाको केन्द्र अमरसिंह नमुना माध्यमिक विद्यालय पोखरा तोकिएको थियो ।

Last modified on 2020-02-23 15:48:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts