कोरियामा रहेका नेपालीलाई सजग रहन दूतावासको अनुरोध 

हालसम्म ५ को मृत्यु



Download our app to get more features

काठमाडौं,१० फागुन । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरियामा पाचौं व्यक्तिको मृत्यु भएको छ । उक्त भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भाइरसबारे सहज रहन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ।

चीनको हुवईबाट सुरु भएको उक्त भाइरसको प्रकोप हाल विश्वका २६ मुलुकहरुमा फैलिसकेको छ।चीनमा मात्रै हालसम्म ७३ हजार ३ सय ९२ मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २ हजार ३ सय ४८ मानिसले उक्त भाइरसका कारण ज्यान गुमाइसकेका छन् । हालसम्म वैधानिक रुपमा ६५ हजार ८ सय ४५ नेपाली अध्ययन तथा व्यवसायका लागि दक्षिण कोरियामा बसोबास गर्दै आइरहेका छन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts