नेपाली औषधि बजारमा कोरोनाको असर : आकाशियो कच्चा पदार्थको मुल्य 



Download our app to get more features

काठमाडौं, ११ फागुन । कोरोना भाइरसको असर नेपाली औषधि बजारमा पनि देखिन थालेको छ । कोरोना भाइरस प्रकोपका कारण चीनबाट भारत हुँदै आउने औषधिको कच्चा पदार्थमा ८०–१५० प्रतिशतसम्म मुल्य वृद्धि हुँदा नेपाली औषधि बजार प्रभावित भएको हो।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारीका अनुसार कोरोना भाइरसको असर स्वरुप नेपाली बजारमा आयात हुने कच्चा पदार्थको मुल्य ८०–१५० प्रतिशतसम्म बढेको हो । उच्च मुल्यमा कच्चा पदार्थ खरिद गरी जोखिम मोल्न औषधि व्यवसायीहरु तयार नभएको उनको तर्क छ ।  हाल नेपालसँग उपलब्ध कच्चा पदार्थले दुई महिना मात्रै उद्योग सञ्चालन गर्न सकिने उनको भनाइ छ। उत्पादन भएका र मौज्दातमा रहेका औषधि गरी करिब  ५ महिनासम्म मात्र बजारमा बिक्रीवितरण गराउन सकिने अधिकारीको दावी छ । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपाली बजारमा ४–५ महिनालाई पुग्ने औषधि मात्रै स्टक छ। यसकै विषयमा केन्द्रीत भइ केही दिनअघि औषधि व्यवस्था विभाग र औषधि उत्पादक कम्पनीका प्रतिनिधिहरुले छलफल गरेका थिए । चीनमा फैलिएको कोरोना भाइरस  प्रकोपका कारण चीनले भारत लगायत विश्वका सबै जसो मुलुकमा कच्चा पदार्थ निर्यात बन्द गरेको छ । नेपालले भारतबाट ल्याउने कच्चा पदार्थमा करिब ८५ प्रतिशत चीनको हिस्सा छ । जसको असर नेपाली औषधि उद्योगमा पर्न गएको ढकालको तर्क छ । उनी भन्छन्, ‘चीनबाट सोझै कच्चा पदार्थ नेपाल ल्याउनका लागि भौगोलिक सहजता नभएको तथा चीनले थोरै मात्रामा कच्चा पदार्थ नेपाल निर्यात गर्न नमानेको र ठूलो परिणाममा नेपालले चीनबाट कच्चा पदार्थ आयात गर्न नसकेका कारण भारतसँग निर्भर रहनुपरेको हो।

Last modified on 2020-02-23 16:40:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts