बैतडीको झुलाघाट सीमा क्षेत्रमा कोराना भाइरस सहायता कक्ष स्थापना



Download our app to get more features

धनगढी, ११ फागुन । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।

सहायता कक्ष दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा स्थापना गरेको हो । झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्न तथा संक्रमणका बारेमा सचेतना फैलाउन सहायता कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले जानकारी दिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts