‘फोर्टि फ्याटी फिमेल’मा पित्तथैलीको जोखिम उच्च (भिडियोसहित)



Download our app to get more features

पित्तथैली हाम्रो शरीरको पेटको दायाँ पट्टि भागमा कलेजोको मुनि हुन्छ । यो एउटा ७ देखि १० सेन्टिमिटरको नास्पाति आकारको सानो अंग हो । यसको काम भनेको पित्तलाई भण्डारण गरेर राख्ने हो । पित्तले चिल्लो खानेकुराहरु पचाउने काम गर्छ । यहाँ ३० देखि ५० मिलिलिटर जत्ति पित्त भण्डारण हुन्छ । जब हामी चिल्लो खानेकुरा खान्छौ त्यस बेला उक्त चिल्लो खानेकुरा पित्तथैली हुँदै अन्ननलीमा जन्छ । 
पित्तथैलीमा विभिन्न प्रकारका रोगहरु लाग्न सक्छ । त्यस मध्ये सबैभन्दा धेरै पित्तथैली पाक्ने हो । यसलाई कोलिससटाइसिस, दोस्रो पित्तथैलीमा ढ्ंगा हुने जसलाई ग्लडब्लाडर स्टोन भनिन्छ । यस्तै पित्तथैलीको क्यान्सरसम्बन्धी समस्या पनि धेरैमा देखिने गर्छ । 

पित्तथैलीमा ढुंगा भन्नाले पित्तथैलीमा ढुंगा बन्ने हो । यसरी ढुंगा बन्ने विभिन्न कारण हुन्छन् । २–३ मिलिमिटरदेखि ३–४ सेन्टिमिटरसम्मको ढुंगा पित्तथैलीमा बन्न सक्छ । ४० वर्ष उमेर कटेका मोटा महिलामा पित्तथैलीमा ढुंगा बन्ने जोखिम बढी हुन्छ । हामी ‘फोर्टि फ्याटी फिमेल’ ले विशेष ध्यान दिन सुझाब दिन्छौं । यद्यपि कम उमेरमा नहुने भन्ने पनि होइन । ७–८ वर्षका बालबालिकाको पित्तमा समेत ढुंगा भेटेर अप्रेशन गरेका बताउँछन् ब्लू क्रस हस्पिटलका जनरल सर्जन डा. अजय पराजुली । यस्तो पित्त थैलीमा ढुंगा हुने सम्भावना मोटा व्यक्तिलाई बढी हुन्छ । यस बाहेक खानपीन, जीवनशैलीका कारण पनि पित्तथैलीमा ढुंगा बन्ने हुन्छ । पित्तथैलीमा ढुंगा पर्नबाट कसरी जोखिनेलगायतका विषयमा डा. पराजुलीले दिएको सुझाव यसप्रकार छ :-

हेरौं भिडियो  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts