स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैरचिकित्सक नियुक्त गरेकोमा चिकित्सक संघको आपत्ति



Download our app to get more features

काठमाडौं, १२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैरचिकित्सकलाई नियुक्त गरेको भन्दै चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाएपछि चिकित्सक संघले विरोध जनाएको हो । सोमवार विज्ञप्ति निकाल्दै संघले स्वास्थ्य सेवा प्राविधिक र संवेदनशिल विषय भएको भन्दै विभागको नेतृत्व चिकित्सकले नै गर्दै आएको स्मरण गराएको छ । चिकित्सक र चिकित्सा कर्मसँग सम्बन्धि नीति योजना बनाउने र परिचालन गर्ने ठाउँमा गैरचिकित्सक हुँदा यस विषयको पूर्णज्ञान उपयोग हुन नसक्ने, चिकित्सकहरुको भावना सम्बोधन नहुने र मनोबल गिर्ने संघले ठहर गरेको छ । 

संघले विज्ञप्तिमार्फत नियुक्तिको निर्णय अभिलम्ब सच्याउन माग गरेको छ । चिकित्सकहरुको भावना विपरित निर्णय गरिए संघले कडा कदम चाल्ने चेतावनी पनि संघद्वारा जारी विज्ञप्तिमार्फत दिइएको छ । 

Last modified on 2020-02-24 18:10:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts