मध्यपूर्वमा नेपाली चिकित्सक, नर्स लैजाने सम्बन्धी सम्मेलन हुँदै



Download our app to get more features

काठमाडौं,१३ फागुन – नेपालमा पहिलोपटक मेडिकल करिअर इन मिडल इष्ट कन्फरेन्स– टु थाउजेन ट्वान्टी नामक सम्मेलन हुने भएको छ । आगामी फागुन १७ गते राजधानीमा हुने सम्मेलनमा दुईपक्षीय रुपमा स्वास्थ्यकर्मी र व्यवसायीबीच साक्षात्कार हुने आयोजक संस्था मनास्लु इन्टरनेशनलले जनाएको छ।

सम्मेलनको मुल नारा बिल्डिङ रिलेसन अमोग मेडिकल प्रोफेसनल अफ नेपाल एन्ड मिडल इष्ट कन्ट्रीज थ्रू इम्प्लोएमेन्ट भन्ने रहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा दुई दशकदेखि कार्यरत रहेको मनास्लु इन्टरनेशनल प्रा.लिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सम्मेलनमार्फत नेपाली स्वास्थ्यकर्मीलाई मध्यपूर्वमा आकर्षक रोजगारीको अवसर रहेको जानकारी दिइने बताए । उक्त कम्पनीमार्फत् हालसम्म साउदी अरेबियामा सय जना स्टाफ नर्स गइसकेका छन् भने सय जनाको रोजगारीको प्रक्रिया सुरु भइसकेको जनाइएको छ। 

सम्मेलन विशेषगरी नेपालबाट मध्यपूर्व मुलुकहरुमा रोजगारीका लागि जाने स्वास्थ्यकर्मीहरुले पु¥याउनुपर्ने न्यूनतम मान्यताहरु तथा त्यहाँका चिकित्सा संस्थाहरुको आवश्यक मापदण्डबारे केन्द्रित रहने छ।
 

Last modified on 2020-02-25 14:35:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts