पहिलो पटक हेल्थ इन्स्पेक्सन समुहबाट जिम्मेवारी दिएकोमा श्रेष्ठलाई नेफाको बधाई



Download our app to get more features

काठमाडौं, १४ फाल्गुन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्ती गरेको भन्दै नेपाल जनस्वास्थ्य संघले बधाई दिएको छ ।

पहिलो पटक विभागीय प्रमुख हेल्थ इन्स्पेक्सन समुहबाट जिम्मेवारी आएकोमा स्वास्थ्य सेवा व्यवस्थापन थप प्रभावकारी, गुणस्तरीय र पारदर्शी हुने अपेक्षा सहित 
संघले बधाई र शुभकामना व्यक्त गरेको छ ।

विज्ञप्ति मार्फत नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यालय, संघको प्रदेश ५ को कार्यालयले शुभकामना दिएको छ ।

नेपाल जनस्वास्थ्य संघका आजिवन सदस्य, प्रदेश ५ को प्युठान खलङा निबासी महेन्द्र श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको सर्वोत्कृस्ठ १२ औं तह, “प्रमुख विशेसज्ञ" पदमा बढुवा हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त समेत गरेका छन ।

श्रेस्ठ नेपाल स्वास्थ्य सेवाको तल्लो पद अ.हे.व., चौथो तहदेखि सरकारी सेवा प्रवेश गरी हाल बिभिन्न पद हुँदै प्रमुख विशेसज्ञसम्म पुगेका छन् ।

नेपाल स्वास्थ्य सेवामा हाल बिभिन्न २९ वटा समुह रहेका छ्न ।

Last modified on 2020-02-26 07:44:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts