रद्द भएको एमडी-एमएसको प्रवेश परीक्षा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ फागुनमा लिने



Download our app to get more features

काठमाडौं, १४ फागुन । रद्द भएको प्रवेश परीक्षा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ फागुनमा फेरि लिने भएको छ । प्रतिष्ठानले बुधबार सुचना जारी गर्दै गत शनिबार रद्द भएको परीक्षा फेरि लिने जनाएको छ । 

परीक्षा दिउँसो २ बजेबाटसुरु हुने छ । त्यस्तै परीक्षा केन्द्र सैनिक आवासीय महाविद्यालयमा तोकिएको छ । 

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानले गत शनिबार लिएको एमडी र एमएस प्रवेश परीक्षामा धाधँली भएको भन्दै केहि विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए । निर्धारित समय दिउँसोको २ बजे सुरु हुने भनिएको परीक्षा समयभन्दा एक घन्टा ढिलो सुरु भएको र प्रश्न पत्र “आउट” गरिएको विद्यार्थीहरुले आरोप लगाएका थिए ।

परिक्षा सुरु हुने भनेर परीक्षा केन्द्र भित्र पसिसकेका विद्यार्थीहरु लामो समय हुँदा पनि परीक्षा सुरु नभएपछि बाहिर निस्केका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षदेखि एमडी÷एमएसको पढाई सुरु गर्न १७ ओटा सीटमा अनुमति पाएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts