यसकारण ग्रामीण भेगका बालबालिका क्यान्सरको उच्च जोखिममा (भिडियोसहित) 

What's This?


Download our app to get more features

पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन् । विशेषगरी बालबालिकामा हुने क्यान्सर अझै गम्भीर समस्याको रुपमा विकास भइरहेको छ । हुन त यो उपचार गरे निको हुने रोग हो । तर, सबै बालबालिका क्यान्सर रोगको उपचारको पहुँचमा नरहेकाले गम्भीर समस्या बनिरहेको बताउँछन् बाल क्यान्सर रोग विशेषज्ञहरू । शहरी क्षेत्रका बालबालिका सजिलै अस्पतालको पहँुच रहे पनि ग्रामीण क्षेत्रका बालबालिका सबै भन्दा बढी प्रभावित बनिरहेका छन् । यस्ता क्षेत्रका बालबालिका अस्पतालसम्म आइपुग्दा रोगले गम्भीर रुप लिइसकेको हुन्छ । यही कारण पनि नेपाल जस्तो विकासोन्मुख देशमा बाल क्यान्सरको उपचार रेसियो निकै कम छ । 

वशेषगरि व्यस्त जीवनशैली, अव्यवस्थित खानपानले क्यान्सरको जोखिम बढीरहेको विभिन्न अध्ययनले देखाएका छन् । यस्ता गतिविधिले बालबालिकामा अझै बढी असर पारिरहेको छ । विश्वभरीमा हरेक तीन बालबालिका मध्ये एकमा क्यान्सर हुने गरेको पाइन्छ । शरीरमा रहेका कोषिकाहरूले नियमित ठाउँ छाडेपछि क्यान्सर हुने गर्छ ।

बालबालिकामा हुने क्यान्सर रोक्न जंकफुडको भूमिका सबै भन्दा बढी देखिएको छ । रहनसहन, घर बाहिर बनेका खानेकुरा सेवनलगायतले क्यान्सरलाई निरन्तर बढवा दिइरहेको छ । बालबालिकाहरूको हकमा क्यान्सरको प्रष्ट कारण नदेखिए पनि खानपान पनि एक कारण भएको अध्ययनहरुले देखाएका छन् ।

विश्वमा ८ प्रतिशत बालबालिकामा मात्र वंसाणुगत क्यान्सर रहेको पाइएको छ । नेपालमा वर्षेनी दुई सय बालबालिका मात्रै उपचार लागि अस्पताल पुग्ने गरेको पाइएको छ । तर नेपालमा वर्षेनी २५ सय भन्दा बढी बालबालिकामा क्यान्सर देखिनु पर्ने आकलन छ । बालबालिमा सबै भन्दा धेरै रक्त क्यान्सर हुने गरेको छ । यसको लक्षण भनेको असाधारण ज्वरो आउने, शरीरमा गाठागुठी देखा पर्नेलगायत छन् ।  

बालबालिकामा क्यान्सर भएको कसरी थाहा पाउने, यसको उपचार पद्धति के हो ? लगायत विषयमा नेपाल क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा. अन्जली पण्डितले दिएको जानकारी यसप्रकार छ । 

हेरौं भिडियो :–  

Last modified on 2020-02-27 14:59:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts