बुटवलको सिद्धबाबा अस्पतालमा मिर्गौलाको जटिल शल्यक्रिया सम्पन्न



Download our app to get more features


रुपन्देही, १६ फागुन । बुटवलको सिद्धबाबा अस्पतालमा सर्जरी सेवा सुरु भएसँगै ठुला अपरेसन सुरु भएका छन्। बुटवल ८, सुख्नानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गरेसँगै यस क्षेत्रमै सम्भवत पहिलो पटक मिर्गौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरिएको छ ।

नवलपरासीको परासी औचावल बस्ने २० वर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरवीनबाट सफल अपरेसन गरिएको अस्पताले जनाएको छ । 

मिर्गौला र पिसाव नलिसँग जोडिएको उक्त नलिमा रोकावट आएपछि गाह्रो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलका युरोसर्जन डा.सुभाषचन्द्र चौधरीले सफल शल्यक्रिया गरेको हस्पिटलका निर्देशक डा. दिपेश प्रधानले बताए।

यो अपरेसनलाई जटिल खालको मानिने चिकित्सकहरुले बताएका छन्। यस्तो नलीमा दुरविनबाट बुटवलमा पहिलो पटक अपरेसन भएको डा.चौधरीको दाबी छ ।यस्तो अप्ठ्यारो केही व्यक्तिलाई जन्मजात नै हुन्छ । तर, अकस्मात मिर्गौलामा दुख्न थालेपछिमात्र बिरामीहरु अस्पताल पुग्ने गर्दछन् ।

सरकारबाट २४ बेडको अनुमति पाएको सिद्धबावा अस्पतालले यस अघि नै ओपिडी सेवा शूरु गरेको थियो। अस्पतालले सर्जरी सेवा हालै मात्र शुरु गरेको हो । सर्जरी सेवामा दुरविनबाट हर्निया, आन्द्रा,पत्थरी, आदिको अपरेसन गरिन्छ ।

विशेषज्ञ चिकित्सबाट सेवा दिने उद्दश्यले स्थापना भएको सिद्धबाबा हस्टिलमा एण्ड रिचर्स सेन्टर प्रा प्रालिमा मुटु रोग, मिर्गौला रोग, युरोलोजि, मस्तिष्क तथा स्नायु रोग,दम,छाती तथा फोक्सो रोग र स्त्री रोग तथा प्रसूति सम्बन्धि सेवा पाइन्छ ।

अस्पताल अध्यक्ष डा. शक्ति बस्नेतले अस्पताले छिटै अर्थोपेडिक सर्जरीको सेवापनि शरु गर्ने बताए । उनले अस्पतालले विकट क्षेत्रमा विगत लामो समयदेखी नै निःशूल्क स्वास्थ्य परीक्षण गर्दै आएकोले त्यसलाई अझै थप क्षेत्रमा पुर्याउने बताए । 

Last modified on 2020-02-28 12:25:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts