दन्त रोगसम्बन्धी १७ अन्धविश्वास 



Download our app to get more features

गाउँघरमा होस् या शहरबजारमा दाँत रोगसम्बन्धी हामीले विभिन्न काहानी, विश्वास, अन्धविश्वास सुन्दै आइरहेका छौं । ती मध्ये केही सत्य जस्तैं लाग्छन् तर अधिकांशमा कुनै सत्यता कही कतै फेला पर्दैन । जानौं दाँत रोग सम्बन्ति केही अन्धविश्वास :–

अन्धविश्वास    

  1. दाँत सफा गरेमा दाँत हल्लिन सक्ने
  2. दाँत सफा गरेमा सधैको लागी दाँत सिरिङ सिरिङ गर्ने
  3. दाँत सफा गरेमा दाँतहरू फाटिट्ने
  4. दाँतमा फ्लस प्रयोग गरेमा फाट्टिने
  5. आयुर्वेदिक मंजनले दाँत माझेमा दाँत राम्रो, सफा, बलियो हुने
  6. दाँत फुकाल्दा आँखा कमजोर हुने, कान नसुन्ने
  7. बुद्धि बंगारा निकालेमा सम्झने शक्ति कमजोर हुने
  8. बच्चाको दुधे दाँत किराले खाएमा भर्न नपर्ने
  9. दाँत बेक्सरी माझेमा मात्र सफा हुने
  10. दाँत खरानी, बालुवा, नीमले माझ्न पर्ने
  11. सेतो दाँत मात्र सफा हुन्छन
  12. बच्चा पाको २ महिना सम्म आमाले दाँत सफा गर्न नहूने
  13. धेरै चिनी , गुलियो खायमा दाँत किराले खाने
  14. दाँत किराले खाएमा दुख्छ र यदि दुखेको छैन भने दाँतको उपचार गर्न नपर्ने
  15. मुख, दाँतको रोगको शरीरको रोगसँग केही सम्बन्ध छैन
  16. दाँतको किरा औषधिले मारेर धामीझांक्रीले निकाली दिने
  17. दाँत दुखेमा सन्चो, ल्वाङको तेल हाल्ने

यहाँ उल्लेखित सबै कुरा केवल अन्धविश्वास हुन् । केवल भ्रम हुन् । यस्ता कुराको विश्वास गरेमा दाँतमा झन समस्या बढ्न पुग्छ । सानो समस्या पर्दा अन्धविश्वासलाई पालना गर्दा समस्याले ठूलो रूप लिन सक्छ । अरुको भनाईमा लागेर आफ्नो स्वास्थ्यसँग खÞेलबाड़ गर्नु हुन्न । माथि लिखित अन्धविश्वासलाई त्यागेर डाक्टरद्वारा भानिएका निम्न लिखित कुरमा बिश्वास गर्नु पर्छ ।

यी विषयमा विश्वास गरौं
हरेक ६–६ महिनामा दाँत सफा गर्नु पर्छ । दाँत सफा गर्दा ब्रस सँगसँगै फ्लसको पनि प्रयोग गर्नुपर्छ । यसरी गिँजा सम्बन्धित रोग लाग्नबाट बँच्न सकिन्छ । दाँत सफा गर्दा केही समयलाई मात्र सिरिङ सिरिङ हुन्छ । दाँत सफा गर्दा दाँत फाट्निे होईन, दाँतहरुबीचको फोहोर मात्र निस्किने हो । सो कारणले समाजमा केवल भ्रम फैलेको हो ।

दाँत फुकाल्दा आँखा, कान, बुद्धि कमजोर हँुदैन । उमेर अनुसार यसै पनि आँखाको तेज कम हुँदै जान्छ । अनि दाँत फुकाल्दा आँखा कमजोर भयो भनेर मानिसले तुलना गर्न पुगेका हुन् । बुद्धि बंगराले समस्या दिएमा फुकाल्नै पर्छ । च्यापु सानो भएको खण्डमा बुद्धि बंगरा आउन सक्दैन सो कारण बंगरा टेडो आउन खोज्ने, माथि गिँजामा अरु दाँत बराबर नआइ गिँजाभित्रै रहेर सिस्ट, ट्युमर जस्ता अरु विभिन्न रोग लाग्न सक्ने, छेउको अरू बंगरालाई पनि असर गर्न सक्ने हुनाले बुद्धि बंगरा निकालेको राम्रो हुन्छ ।

दाँत माझ्न बास नामक टेक्निक प्रयोग गर्नु पर्छ । दाँत सधै बिहान बेलुका खाना पछि ब्रस र फÞ्लोरायडयुक्त मन्जनले माझ्न पर्छ । बेक्सरी धेरै बल लगाएर ब्रस गरेर दाँत सफा हुने होइन, यसरी केवल दाँत खियिन्छ । दाँतको गिँजा तल सर्छ र दाँतहरु सिरिंङ सिरिंङ गर्न थाल्छ ।

चिनी, गुलियो खाने कुराको सेवनको मात्राले होईन कती पटक सेवन गरियो त्यसले दाँतमा कीरा लाग्ने सम्भावना बढाउँछ । यसकारण हामीले हरेक पटक खाना अर्थात गुलियो खानेकुरा खाएपछि मुख राम्रोसँग कुल्ला गर्नु पर्छ ।

दाँत दुखेमा मात्र उपचार गर्न जाने होईन । हरेक ६–६ महिनामा दन्त बिशेषज्ञलाई जचाँउन जानु पर्छ । मुख, दाँत स्वस्थ रहेमा शरीर पनि स्वस्थ रहन्छ । मुख, दाँत सफा गरेन भने मुखमा रहेको किटाणु, ब्याक्टेरिया पेटमा गएर पेट, आन्द्रा, कलेजोको रोग हुन सक्छ । यति मात्र होईन दाँतको समस्यालाई बेवास्ता गरेमा मूटु, छातीको पनि रोग लाग्न सक्छ ।

सेतो हुँदैमा दाँत सफा हुँदैन 

सेतो दाँत भन्दै सफा दाँत भन्ने होइन । विभिन्न मानिसको प्राकृतिक रूपमा विभिन्न थरीको दाँतको रंग हुन्छन अर्थात सेतो रंगको थरिथरिको परिकार ( चकिलो सेतोदेखि अलिकती पहेलो सम्म) हुन्छन् । त्यसैले दाँत सफाको मूल्यांकन सेतो रंगबाट गर्नु हुँदैन ।

बच्चाको पनि दूधे दाँत भर्न र जरा सम्मको उपचार गर्न पर्छ । नत्र दाँत छिटै झरेर नयाँ दाँत बांगो टिंगो आउँछ । त्यसैले बच्चाहरूको दाँतसम्बन्धी समस्यालाई बेवास्ता गर्नु हँुदैन ।

नवजात शिशुको पनि गिँजा सफा गर्नुपर्छ

बच्चा जन्मिएपछि पनि आमाले आफÞ्नो दाँत सफा राख्न पर्छ । सँगसँगै बच्चाको पनि गिँजा, नयाँ पालाउदै गएको दाँतलाई मुलायम टालो, घजले (कटन) पानीमा डुबाएर हरेक पटक खाना खाएपछि सफा गर्नु पर्छ ।

दाँतमा केही समस्या आएमा दन्त रोग बिशेषज्ञलाई देखाउन अस्पताल अथवा क्लिनिक जानुपर्छ । घरमै अन्धाबिश्वासको भरमा अर्थात धामी झाँक्रीबाट उपचार गर्न जानु हुँदैन ।

दाँत, मुख सफा र स्वस्थ राखेमा शरीर पनि स्वस्थ रहनेछ । अन्धविश्वासमा नपरि आफ्नो स्वस्थ्यको लागि डाक्टरसँग मात्र उपचार गर्नु पर्छ ।

डा. एलिशा अग्रवाल
कलेज अफ मेडिकल साईन्स, भरतपुर


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts