कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरोसर्जरी सेवा सुरु



Download our app to get more features

काठमाडौं, १६ फागुन। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरोसर्जरी सेवा सुरु हुने भएको छ ।

वीर अस्पतालमा कार्यरत न्युरोसर्जन डा. निलम खड्काको अगुवाइमा कर्णालीमै पहिलोपटक न्युरोसर्जरी सुरु हुन लागेको हो । यसबाट कर्णाली प्रदेशका विकट जिल्लाबाट टाउकोमा चोटपटक लागेका विरामीलाई नेपालगन्ज वा काठमान्डौ रिफर गर्नुपर्ने बाध्यता हट्ने प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले बताए ।

यसैपटकदेखि एमडीजीपी अध्ययनको निम्ति तीन सीट पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकट भविष्यमा एमविविएस लगायतका पढाइ पनि सुरु गर्ने तयारी गरेको छ ।

फोटो: डा मंगल रावलको फेसबुकबाट 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts