रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप अभियान सुरु 



Download our app to get more features

रुपन्देही, १६ फागुन । रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान सुरु भएको छ ।अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले पोलियो थोपा खुवाएर अभियानको सुभारम्भ गरे।

मायादेबि गाउँपालिका वडा नं ८का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा  गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी मायादेबि गाउँपालिका  प्रमुख प्रशासकिय अधिकृत बिष्णु ढुगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आवश्यक रहेको बताउदै बालवालिका लाई खोप लगाउनबाट बञ्चित नगराउन आग्रह गरे।

मायादेबि गाउँपालिकाको वडा नं ८ को  उचमी केन्द्रबाट पोलियो खुवाएर अभियान सुरु गरिएको उक्त गाउँपालिका स्वास्थ्य संयोजक भाष्कर आत्रेयले बताए ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पहिलो चरणमा  ४७ हजारमा खोप लगाउने अनुमान  भएपनि ५१ हजार भन्दा बढी बालबालिकाले  खोप लगाएको बताए ।तेश्रो चरण शुक्रबार मायादेबिबाट सुरु गरिएको  थियो  ।रुपन्देहीमा १ लाख ९ हजार ७ सय ९९ जना बालबालिका यो दादुरारुवेला खोप लगाईने उनी बताउँछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts