प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति गराउने बढे, सात महिनामा ६ हजार ८ सयले सेवा लिए



Download our app to get more features

जनकपुरधाम, १६ फागुन। प्रादेशिक अस्पताल जनकपुरमा प्रसूति गराउने महिलाको संख्या बढेको छ । यस आर्थिक वर्षको सात महिनामा प्रादेशिक अस्पताल जनकपुरबाट ६ हजार ७ सय ६८ जनाले प्रसुती गराएका छन् । 

जसमध्ये साउन महिनामा सामान्य तरिकाले ५ हजार २ सय ९७ जनाको, जटिल तरिकाले २ सय ९५ जनाको र शल्यक्रिया मार्फत १ हजार १ सय ७६ जनाको प्रसूति गरिएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल रेकर्ड अधिकृत सत्य नारायण यादवले जानकारी दिए । 

चालु आर्थिक बर्षको साउन महिनामा ८ सय २९ जनाको सामान्य, ६४ जनाको जटिल र १ सय ४८ जनाको शैल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४१ जनाको प्रसुती गरिएको बताए । त्यस्तै भदौ महिनामा ८ सय ४३ जनाले सामान्य,३८ जनाले जटिल र १ सय ७० जनाले शल्यक्रिया मार्फत गरि १ हजार ५१ जनाले सुत्केरी गराएका छन् । असोज महिनामा ७ सय ७ जनाले सामान्य,५२ जनाले जटिल र १ सय ४५ जनाले शल्यक्रिया मार्फत गरि ९ सय ४ जनाले सेवा लिएका छन् । 

कात्तिक महिनामा ७ सय ३६ जनाको सामान्य,५६ जनाको जटिल र १ सय ८६ जनाको शल्यक्रिया मार्फत गरि ९ सय ७८ जनाले बच्चा जन्माएका छन् भने मंसिर महिनामा ७ सय ८५ जनाको सामान्य,५१ जनाको जटिल र १ सय ६८ जनाको शल्यक्रिया मार्फत गरि जम्मा १ हजार ४ जनाको प्रसूति गरिएको छ । पुष महिनामा ७ सय ४३ जनाले सामान्य,१८ जनाले जटिल र शल्यक्रिया मार्फत १ सय ७४ जनाले गरि ९ सय ३५ जनाको प्रसूति गरिएको छ भने माघ महिनामा ६ सय ५४ जनाले सामान्य,१६ जनाले जटिल र १ सय ८५ जनाले शैल्यक्रिया मार्फत गरि ८ सय ५५ जनाको प्रसुती गरिएको मेडिकल रेकर्ड अधिकृति यादवले बताए ।  प्रादेशिक अस्पताल जनकपुरको तथ्यांकलाई हेर्ने हो भने यस अस्पतालबाट अब प्रसुती गराउने महिलाको संख्या ह्वात्तै बढेको छ । 

अस्पतालमा सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एचआईभी, र क्षयरोगको नियमित रुपमा उपचार गरिरहेको मेडिकल रेकर्ड अधिकृत यादवले जानकारी दिए । 

रगत जाँच, कलेजोको कामको जाँच, बोसोको जाँच, दिसा, पिसाब, रगतको जाँच तथा कल्चर सेवा, उच्चस्तरीय जीन एक्सपर्ट उपकरणद्धारा क्षयरोगको नियमित रुपमा परीक्षण गर्दे आइरहेको अस्पतालले जनाएको छ । अस्पतालबाट विभिन्न किसिमका निरोधात्मक सेवाहरु पनि प्रदान भइरहेको छ । जसमध्ये परिवार नियोजन, खोप, स्वास्थ्य शिक्षा, गर्भवती जाँच, एचआईभी जाँच, उपचार तथा परामर्श मुख्य पर्दछन् ।

Last modified on 2020-02-28 19:18:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts