विश्व स्वास्थ्य संगठनले निकाल्यो अत्यावश्यक ५ सय ५४ औषधिको सूचि (सूचिसहित)



Download our app to get more features

काठमाडौं, १७ फागुन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा अत्यवाश्यक रहेका औषधिहरुको यसवर्षको सूचि प्रकाशन गरेको छ । 

संगठनले अघिल्लो सन् २०१९ को सूचिमा पुनरावलोकन गर्दै ती औषधिको सूचि प्रकाशित गरेको जनाएको छ । संगगठनमा रहेका विज्ञको समूहले अत्यावश्यक औषधिहरुको सूचि तयार गरेका हुन् । स्वास्थ्य सेवाको विश्वव्यापी पहुँचलाई विस्तार गर्न सबै देशमा आवश्यक पर्ने औषधिहरुलाई अध्ययन गरि सूचि तयार गरिएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

५ सय ५४ वटा औषधिलाई अत्यावश्यक सूचिमा राखिएको छ । संगठनले ती औषधिका बारेमा विस्तृत जानकारी सहितको इलोक्ट्रोनिक भर्सन अनलाईनमा उपलब्ध रहेको जनाएको छ । संघले सबैको प्रयोगका लागि सो सूचिलाई संग्रह गरेर राख्न सकिने उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले राखेको प्राथमिकताका आधारमा यसका सदस्य राष्ट्रहरुले आफ्नो देशमा अत्यावश्यक औषधिहरुको सूचि तयार पार्छन । नेपालमा पनि केहीसमय पहिले औषधि व्यवस्था विभागको अग्रसरतामा विज्ञ कमिटिले अत्यावश्यक औषधिको सूचि तयार गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts