प्राकृतिक चिकित्सा जीवन सुधारको बाटो देखाउने पथ प्रदर्शक हो (भिडियोसहित)

What's This?


Download our app to get more features

प्राकृतिक चिकित्सा विधि शरीरलाई हानी नगर्ने विभिन्न उपचार विधिहरूको मिश्रण हो । यसका जल, माटो, योग चिकित्सालगायतका उपचार विधिको प्रयोग गरिन्छ । यो एक चिकित्सा विधा मात्रै नभई मानव जीवनलाई सुधारको बाटो देखाउने पथ प्रदर्शक पनि हो । 

नसर्ने रोगले नेपालसहित विश्वभर महामारीको रुप लिइरहेको बेला यस्ता रोग निदान, नियन्त्रण र उपचारमा प्राकृतिक चिकित्सा विधि प्रभावकारी मानिएको छ । विश्वमा व्याप्त मोटोपन, कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, थाइराइड, हाडजोर्नी, बाथ, हड्डी खिइने नशा च्यापिनेलगायतका समस्यामा प्राकृतिक चिकित्सा उपचार विधि एकदमै प्रभावकारी सावित भएको छ । 

प्राकृतिक चिकित्सामा पनि एलोपेथिक विधिमा जस्तैं समस्या किन र के कारणले भयो भनेर सुक्ष्म तरिकाले अध्ययन गरिन्छ । सही रुपमा रोगको पहिचान गरिए पश्चात् उपयुक्त उपचार विधि प्रयोग गरिन्छ । त्यसैले प्राकृति चिकित्सा विधि रोग लाग्न नदिन तथा रोग लागे पश्चात्को उपचारमा पनि उतिकै महत्वपूर्ण छ । साथै रोगलाई जरैदेखि उन्मूलन गर्न पनि यो उपचार विधि उपयुक्त छ । 

उपचार नै सम्भव नभएका कतिपय बिरामीलाई लामो समयसम्म बचाई राख्नका तथा पुर्नस्थापनाका लागि समेत यस उपचार विधि महत्वपूर्ण छ ।

स्मार्क हेल्थ होममा नशा च्यापिएको, हाडजोर्नी खिइएको तथा पक्षघातको उपचारमा यस्तै प्राकृतिक विधि अपनाउने स्थान हो । यद्यपि विभिन्न नसर्ने रोगका औषधि सेवन गर्दै गरेका तथा औषधि नै सेवन नगरेका बिरामी पनि यहाँ आउने गर्छन् । 

औषधि सेवन गरिरहेका बिरामीहरू अन्य अस्पतालमा उपचारका लागि जाँदा खानुपर्ने औषधिको मात्रा बढ्दै जाने भएकाले स्पार्क अस्पताल आउने गर्छन् भने रोग लाग्नासाथ त्यसको पहिचान हुन सकेको खण्डमा प्राकृतिक चिकित्सा विधिले बिना औषधि प्रयोग रोग निको बनाउँछ । जस्तै भर्खरै सुरु भएको डाइबिटिज्, कोलेस्ट्रोल, उच्च रक्तचाप जस्ता समस्या बिना औषधि प्राकृतिक चिकित्सा विधिले निको बनाउँछ । प्राकृतिक चिकित्सा विधिमार्फत रोगको निदान, उपचार र यसका साइटइफेक्ट बारे स्पार्क हेल्थ होमका डा. सुनिल पौडेलले दिएका सुझाव यस्ता छन् । 

हेरौं भिडियो

 

Last modified on 2020-03-01 12:00:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts