प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा 



Download our app to get more features

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने छ । 

नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसेको सचिवालय बैठकमा ओली आफ्नो उपचार बारे जानकारी गराएका हुन् । 

उनको १२ वर्ष पहिले नै भारतको एक अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलामा समस्या देखिन थालेपछि उनी डाइलासिस गर्दै आएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts