अभिनेत्री स्वेता खड्काले थालिन् क्यान्सर अस्पताल निर्माण 



Download our app to get more features

काठमाडौं, १९ फागुन । अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ ।

स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको थियो । विवाह भएको केहीदिन मै क्यान्सरले श्रीमान् गुमाउनुको पीडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसैलाई थाहा होला । श्रीकृष्णको मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । यसरी क्यान्सरले परिवारबाट एकपछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात परेको थियो ।

त्यसयता उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन् । यसैबीच आफुलाई जस्तो पीडा अरूलाई नपरोस् र कसैले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने सोच बनाएर क्यान्सर हस्पिटल निर्माणमा जुटेको उनले बताइन् ।  उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी लागी परेकी हुन् । हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ । गोदावरीको छम्पीमा हस्पिटल निर्माण सुरु हुँदैछ ।

स्वेताका अनुसार सय बेड क्षमता रहने उक्त अस्पतालले क्यान्सर रोगको उपचार गर्नुका साथै क्यान्सरको बारेमा जनचेतना जगाउने काम पनि गर्नेछ । नेशनल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरबाट प्रभावित भएर यस काममा हात हालेको उनको भनाइ छ । हस्पिटलको नाम नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर रहेको छ । यो अस्पताल यसअघि नै देखि जावलाखेलमा सञ्चालित छ । अस्पतालले आफ्नै भवनबाट विस्तारित सेवा दिन लागेको जनाएको छ । यसैक्रममा अस्पतालमा नायिका स्वेतापनि जोडिएकी हुन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts