लामो समय बिदामा नबस्न सदस्यहरूलाई चिकित्सक संघको आग्रह   



Download our app to get more features

काठमाडौं, १९ फागुन । नेपाल चिकित्सक संघले आफ्ना सदस्यहरूलाई लामो समयसम्म कार्यक्षेत्र भन्दा बाहिर नरहन अथवा बिदामा नबस्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) कारण नेपालमा पनि जुनसुकै बेला प्रतिकुल अवस्था आउनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले पनि सचेत गराइसकेको अवस्थामा लामो समयसम्म बिदामा नबस्न संघले चिकित्सकहरूलाई अनुरोध गरेको हो । साथै आ–आफ्नो कार्यक्षेत्रमा तरायीका साथ रहन पनि संघले आग्रह गरेको छ । 
साथै संघले २२ फागुनमा कोरोना भाइरस संक्रमण बो सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुका प्रमुख, विभिन्न सोसाइटी तथा स्वास्थ्य सरोकार संस्थाहरुका प्रमुख तथा विज्ञहरुसँग अन्तरक्रिया गने जनाएको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts