कोरोना संक्रमण रोकथाम गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश



Download our app to get more features

काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रने सबैको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिषा नदिन, चीनसँगको स्थलमार्गमा हेल्थ डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपद्को मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।
 

Last modified on 2020-03-02 16:55:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts