मिर्गौला प्रत्यारोपण गर्न जानुअघि भावुक भएर के भने प्रधानमन्त्रीले ? (भिडियो)



Download our app to get more features

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधवार मिर्गौला प्रत्यारोपण गरिने कार्यक्रम छ । त्यसका निम्ति सोमबार शिक्षण अस्पतालमा भर्ना हुन जानुअघि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा भिडियो सन्देश दिएका छन् । 

भिडियो सन्देशमा प्रधानमन्त्री ओली ०६४ साउनमा फेरेको मिर्गौलाले काम नगरेको भन्दै दोश्रो प्रत्यारोपण गर्न लागेको बताएका छन् । स्वदेशकै अस्पतालमा स्वदेशका चिकित्सकसँग प्रत्यारोपण गराउन लागेको भन्दै ओली यो पहिलेको तुलनामा सजिलो हुने विश्वास व्यक्त गरे । 

भिडियोमा प्रधानमन्त्री ओलीले संसारमा कोही अजम्बरी नभएको स्मरण गर्दै आफ्ना दायित्व र कार्यभार बाँकी रहेकाले बीचैमा अलप नहुने भन्दै आत्मविश्वास सहितको भावुक अभिव्यक्ति दिएका छन् । प्रत्यारोपण र उपचार अवधिमा सरकार सञ्चालका कुनै काम नरोकिने पनि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा उल्लेख गरेका छन् । 

हेरौं भिडियो । 

 

Last modified on 2020-03-02 18:30:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts