चिकित्सक संघले चितवनमा मनायो नेपाली चिकित्सक दिवस



Download our app to get more features

चितवन, २० फागुन । नेपाल चिकित्सक संघले ७० औं नेपाली चिकित्सक दिवस मनाएको छ । संघको स्थापनाको अवसरमा हरेक वर्ष फागुन २० मा मनाइने यो दिवसको यस संस्करणलाई चितवनमा मनाइएको हो । 

दिवसको अवसरमा सुरक्षित चिकित्सक, न्यायोचित सेवा सुविधा भन्ने विषयक अन्तक्र्रिया कार्यक्रमको पनि आयोजना गरियो । सो कार्यक्रममा संघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत पनि गरिएको थियो । 
कार्यक्रममा वक्ताहरुले चिकित्सकको सुरक्षा, सेवा सुविधा तथा दायित्वका बारेमा बोलेका थिए । चिकित्सकको पेशागत सुरक्षाका निम्ति संघले निरन्तर पहल गर्दै आएको भन्दै संघका पदाधिकारीहरुले त्यसलाई जारी राख्ने बताए ।

दिवसको अवसरमा संघका अधिकारीहरुले चितवनको मानव सेवा आश्रममा पुगी वृद्धवृद्धालाई फलफूल वितरण पनि गरेका थिए । 

 

Last modified on 2020-03-03 12:17:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts