डडेल्धुरा अस्पतालबाट डा. केसीले दुई महिना निःशुल्क स्वास्थ्य सेवा दिने 



Download our app to get more features

धनगढी, २० फागुन । प्राडा गोविन्द केसीले दुई महिनासम्म डडेल्धुरा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न भएका छन् । निःशुल्क सेवा दिने योजनासहित उनी सोमबार डडेल्धुरातर्फ लागेका हुन् ।

डा. केसीले बुधबारदेखि डडेल्धुरा अस्पतालमा दुई महिनासम्म निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् । गत १८ कात्तिकमा उनले डडेल्धुरामै आएर अनसन पनि बसेका थिए । आफूसँग सरकारले गरेका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै डा. केसी डडेल्धुरामा १७औं पटक अनसन बसेका थिए । डा. केसीले केही समयअघि मात्रै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश पाएका हुन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts