'चीनको साथमा छौ' भन्दै पोखरामा निकालियो र्याली



Download our app to get more features

काठमाडौं, २० फाल्गुन । कोरोनाभाइरस विरुद्धको लडाइमा ऐक्यवद्दता जनाउँदै पोखरामा र्याली र जनचेतनामूलक कार्यक्रम गरिएको छ । 

पोखराका होटल व्यवसायी तथा नागरिक समाजको आयोजनामा लेकसाइडबाट सुरु भएको सो कार्यक्रममा कोरोनाभाइरसबाट बच्ने उपायहरुको पनि प्रचार गरियो । 

र्यालीमा नागरिक समाज, विद्यार्थी, प्रहरी लगायतले कोरोनाभाइरसबाट मृत्यु भएकाको सम्झनामा मैनबत्ती प्रज्वलनको साथसाथै हस्ताक्षर संकलन पनि गरेका थिए ।

देशको प्रमुख पर्यटकीय स्थल पोखरा यतिबेला कोरोनाले विश्व बजारमा पारेको असरले सुनसान छ । नेपाल सरकारले पनि भ्रमण वर्ष २०२० को कार्यक्रम हाललाई स्थगित गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts