चिकित्सा शिक्षा आयोगको वार्षिक क्यालेन्डर सार्वजनिक, साझा पीजी परीक्षा जेठको दोस्रो हप्ता



Download our app to get more features

काठमाडौं, २१ फागुन । चिकित्सा शिक्षा आयोगले बिहिवार आगामी वर्षदेखि हुने एकीकृत परीक्षाको तालिका सार्वजनिक गरेको छ । सो सुचना अनुसार आयोगले लिने स्नातकोत्तर तर्फको साझा प्रवेश परीक्षा जेठको दोश्रो हप्ता हुनेछ ।

साथै स्नातक तर्फका विभिन्न कार्यक्रमहरुको भाद्रको तेस्रो हप्ता र डीएम र एमसीएचको असोजको पहिलो हप्ता हुनेछ । साथै सर्टिफिकेट तहको परिक्षा श्रावणको तेस्रो हप्ता गर्ने आयोगले जानकारी दिएको छ ।

आयोगले आजै अर्को सुचना निकाली स्नातकोत्तर तहको जेष्ठमा हुने परिक्षाको प्रश्नपत्र कुल २०० अंकको हुने र सैधान्तिकका साथसाथै प्रयोगात्मक सिपका प्रश्नहरु पनि राखिने जनाएको छ । 

साथै आयोगले चिकित्सा शिक्षा आयोगको आन्तरिक कार्यविधि २०७६ लाई पनि अन्तिम रुप दिएको छ।

हेरौ वार्षिक क्यालेन्डर :

Last modified on 2020-03-04 16:52:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts