कोरोना भाइरसबारे छलफल गर्न चिकित्सक संघले बोलायो आकस्मिक छलफल



Download our app to get more features

काठमाडौं, २२ फागुन । विश्वव्यापी रुपमा कोरोना भाइरस र त्यसको त्रास फैलिरहेको छ । नेपालमा पनि संक्रमणको खतरालाई लिएर चौतर्फी उच्च सतर्कता अपनाइएको बेला चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले राजधानीमा उपलब्ध विशेषज्ञहरुसँग छलफल आयोजना गरेको छ ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न संघले खेल्नसक्ने भूमिकालाई लिएर छलफल बोलाइएको संघका अध्यक्ष डा. लोचन कार्कीले हाम्रो डक्टरलाई बताए । उनले भने, 'कोरोना संक्रमण फैलिनबाट रोक्न हाम्रो के भूमिका हुनसक्छ भन्ने विषयमा छलफल बोलाइएको हो । सरकारलाई हामीले गर्नसक्ने सहयोग र उपचारमा खटिने चिकित्सकहरुको सुरक्षाका विषयमा कुरा हुन्छ ।'

संघले छलफलका लागि राजधानीमा उपलब्ध वरिष्ठ चिकित्सक तथा सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएको छ । संघले कोरोना भाइरसको सम्भावित महामारी कम गर्न सबै चिकित्सकलाई कार्यक्षेत्रमा खटिन अपिल गरिसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts