मुटुको शल्यक्रिया कति जोखिम ? (भिडियोसहित)



Download our app to get more features

पछिल्लो समय मुटु रोग एक मुख्य स्वास्थ्य समस्याका रुपमा देखिएको छ । चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपान तथा जीवनशैलीले विभिन्न जटिल प्रकारका दीर्घ रोग निम्तदै छन् । त्यसमध्ये मुटु रोग पनि एक हो ।

नेपाल मेडिसिटी अस्पतालका डा. विजय राजवंशीका अनुसार मुटुको शल्यक्रिया अन्य अंगको भन्दा बढी जोखिमपूर्ण हुन्छ । यसको शल्यक्रिया गर्दा ज्यानै जाने खतरादेखि पक्षघात हुनेसम्म हुन्छ । अन्य शल्यक्रिया भन्दा मुटुको शल्यक्रियामा ज्यान जाने जोखिम बढी हुन्छ ।

मुटुको शल्यक्रिया गर्दा अन्य अंगमा पनि असर पुग्ने सम्भावना हुन्छ । जसले गर्दा मुटुको शल्यक्रियालाई जटिल मध्ये मानिन्छ । यसकारण मुटु रोग लाग्नै नदिन र लागे पनि सुरुवाती चरणमै उपचार गर्न डा. राजवंशीको सुझाव छ । 

हेरौ भिडियो ः–
 

Last modified on 2020-03-06 16:34:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts