अख्तियाद्धारा नर्सविरुद्ध मुद्धा दायर

What's This?


Download our app to get more features

काठमाण्डौं, २ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै एक स्टाफ नर्स विरुद्ध मुद्धा दायर गरेको छ ।

आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले यादवलाई हदैसम्मको कारबाहीको माग गरेको छ । 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts