नेपाल चिकित्सक संघले १६ वटै शाखामा कोरोना सम्बन्धी सूचना कक्ष राख्ने 



Download our app to get more features

काठमाडौं, २३ फागुन । नेपाल चिकित्सक संघले कोरोना भाइरस नामले चिनिने कोभिड-१९ को बढ्दो त्रासलाई लिएर सबै शाखामा सूचना कक्ष स्थापना गर्ने निर्णय गरेको छ । 

बिहीवार संघले आयोजना गरेको बहुपक्षीय छलफलबाट उक्त निर्णय गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघका तर्फबाट भाइरससम्बन्धी स्पष्ट जानकारीहरु प्रवाह गराउन सूचना कक्ष स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ । सरकारसँग जनशक्ति कम भएको भन्दै संघले सहि सूचनालाई घरघरसम्म पुर्याउन क्रियाशिल हुने पनि निर्णय गरेको छ । 

कोरोना भाइरसको पहिलो मारमा चिकित्सक तथा स्वास्थ्यकर्मी पर्ने भन्दै संघले सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको पोशाक र औजार उपलब्ध गराउनुपर्ने पनि संघको ठहर छ । त्यस्तै संघले भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि निश्चित अस्पतालहरुलाई तयार गर्न पनि माग गरेको छ । संघले विषम परिस्थितिमा जस्तोसुकै सेवा र सहयोग गर्न चिकित्सक संघ रहेको भन्दै सरकारसँग मिलेर अघि बढ्ने बताएको छ । 

यस्तो छ संघले जारी गरेको विज्ञप्ति


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts