चीनको वुहानबाट फैलिएको 'कोभिड–१९' का कारण विश्वका ८० भन्दा बढी मुलुक प्रभावित

यस्तो छ शनिबारसम्मको रिपोर्ट



Download our app to get more features

काठमाडौं, २५ फाल्गुन । नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण फैलिएको ३ महिना भयो । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ का कारण विश्वभरमा अहिले त्रासको रुप लिएको छ ।

चीनको वुहानबाट अहिले कोभिड–१९ विश्वका ८० भन्दा बढी मुलुकमा फैलि सकेको विश्व स्वास्थ्य संगठनले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

दक्षिण कोरियामा थप ३ सय ६७ वटा नयाँ संक्रमित भेटिएको जनाइएको छ । शनिबार भेटेका ती संक्रमित सहित दक्षिण कोरियामा कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ७ हजार १ सय ३४ पुगेको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । दक्षिण कोरियामा अहिलेसम्म ५० जनाको कोभिड–१९ को संक्रमणले मृत्यु भइसकेको छ ।

जापानमा थप ४७ जना नयाँ संक्रमित भेटेका छन् । जापानको स्वाथ्स्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या १ हजार १ सय ५१ पुगेको छ ।

यस्तै इटलीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्न सरकारले निर्देशन जारी गरेको छ । इटलीका प्रधानमन्त्रीले १४ राज्यका गरि एक करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा राख्न निर्देशन जारी गरेका हुन् ।

इटलीमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट ५० जनाको मृत्यु भएको छ भने कोरोना भाइरसको संक्रमणका कारण शनिबार मात्रै ५ हजार ८ सय बढी संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले शनिबार मार्च ७ मा सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड–१९ बाट संक्रमित र मृत्यु हुने विश्वभरको अवस्था यस्तो देखिन्छः

Last modified on 2020-03-08 15:05:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts