जंकफुड बढी सेवन गरे घुँडाको हड्डी खिइने समस्या (भिडियोसहित) 



Download our app to get more features

४० वर्ष उमेर नाघेपछि प्रायः सबैलाई घुँडासम्बन्धी समस्या देखिन थालेको पाइन्छ । नेपालको सन्दर्भमा भने घुँडा दुख्ने समस्या हड्डी खिइएर धेरै हुने गरेको छ । घुँडाको हड्डीलाई सबै भन्दा जटिल जोर्नी पनि मानिन्छ । 

जति उमेर बढ्दै गयो घँुडासम्बन्धी समस्या पनि बढ्दै गएको पाइन्छ । यद्यपि, सबैमा यस्तो समस्या नहुन पनि सक्छ । ७० वर्षसम्मै पनि घुँडाको हड्डी खिइने समस्या नभएका मानिस नेपालमै छन् । 

घुँडासम्बन्धी समस्या आउनुका विभिन्न कारण छन् । जस मध्ये उमेर एउटा कारण हो । साथै आनुवांशिक कारणले पनि यो समस्या निम्तिन्छ । परिवारका कुनै सदस्य जस्तंै बाबु आमामा यो समस्या भए छोराछोरीमा पनि देखा पर्ने सम्भावना बढी हुन्छ । शरीरको तौल बढेमा पनि हड्डी खिइने गर्छ । घँुडामा चोटपटक लागेमा पनि घुँडाको हड्डी खिइने हुन्छ । 

व्याम नगर्नेहरूमा, बाथ रोगलगायतका कारणले घुँडाको हड्डी चाडै खिइने हुन्छ । साथै घुँडाको हड्डी खिइने समस्या जंकफुड बढी सेवन गर्नाले पनि हुन्छ । 

घुँडाको समस्या छ भने चाडै नै चिकित्सकलाई देखाउनु पर्छ । खानपान, शारीरिक व्यामलगायतले यस्ता समस्याबाट बँच्न सकिन्छ । सातामा एक पटक मालिस गर्ने, घाम ताप्ने गर्नाले पनि घुँडा दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । 

घुँडाको हड्डी खिइने समस्या, यसबाट कसरी बँच्ने, उपचार पद्धति के छ भन्ने विषयमा अर्थाे न्युरो हेल्थ कियरका डा. सुनिल पौडेलले दिएको भिडियो सन्देश यस प्रकार छ । 
 

हेरौं भिडियो :–
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts