प्रधानमन्त्री ओलीलाई २–३ दिनभित्रै डिस्चार्ज गर्ने तयारी, पुरै ठिक हुन ६ महिनासम्म लाग्ने



Download our app to get more features

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई २–३ दिनमै डिस्चार्ज गर्न सकिने बताएकी छिन् । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्दै डिस्चार्ज गर्ने मिति निश्चित नभए पनि केही दिनमै गरिने बताएकी हुन् ।

सो क्रममा उनले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार भएको पनि बताइन । उनको हाल रक्तचाप, पिशाबमा क्रिटिनाइनको मात्रा समान्य रहेको पनि उनले बताइन । 
डा. सिंहले करिब ६ महिनापछि मात्रै प्रधानमन्त्री सामान्य अवस्थामा आउन सक्ने बताएकी छिन् । यो अवधिका प्रधानमन्त्रीले रुघाखोकीलगायत संक्रमित व्यक्तिबाट टाढा रहनुपर्ने उनले बताइन । सामान्य अवस्थामा फर्कन ६ महिना लागे पनि सचिवालयमा गएर भने काम गर्न सक्ने उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । 

Last modified on 2020-03-10 16:45:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts