नसा च्यापिने समस्याबाट कसरी बच्ने 



Download our app to get more features

मेरुदण्ड भएर गुज्रीएको स्पाईनल कर्ड एवं स्पाईनल नर्भ (जसलाई हामी बोलचालको भाषामा नशा नै भन्छौ) लाई  मेरुदण्डका बिचमा रहेको  कुरकुरे हाड जसलाई चिकित्सकिय भाषामा ईण्टर भट्टेब्रल डिक्स भन्छौ ले थिचिदिदा वा खिएको हड्डीको चुच्चा चुच्चीले वा हड्डीको ट्यूमरले थिचिदिदा देखापरेको चिकित्सकिय समस्यालाई हामी नसा च्यापिने समस्या भन्दछौ । नसा च्याप्पिनु आफैमा कुनै रोग नभएर ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांशपेशी तथा नसाको कमजोरीले गर्दा उत्पन्न हुने यन्त्रिक समस्या हो । नसा च्याप्पिने समस्यलाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई वुझ्न जरुरी छ । 

मेरुदण्डको वनावट 
मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यि हड्डीहरुलाई आपसमा ईन्टर–भट्टेब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाधेर एउटै लम्ववद्ध दण्ड वनाएर राख्दछ । मेरुदण्डमा टासिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । यि ढाडका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्ववद्ध प्वाल हुन्छ जसबाट स्पाइनल–कर्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र  हरेक हड्डीको दाया—बायाका स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल–कर्ड   बाट स्पाइनल नर्भहरू (साना स्नायू नसा )  निस्किएका हुन्छन् । यि नसाहरु ढाडको स्पाइनल–कर्ड वाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् । आम भाषामा नसा भनेर रक्तवहाक नसालाई वुझिए झै यहा“ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायुप्रणाली स“ग सम्वन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाई, कम्पन, स्पर्श आदि थाहा पाउन मद्दत गर्दछ । 

ढाडको हड्डीहरुको वीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरुलाई आपसमा घर्षण हुन नदिका साथै ढाडमा पर्ने झ्ट्का तथा दवावलाई नियन्त्रण गर्दछ । जसरी मोटरसाइकलमा भएको स्प्रिङ (सक एव्र्जवर)ले वाइक उफ्रिदा, हुत्तिदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चालकलाई चोट पुग्नवाट वचाउ“छ । त्यसैगरी यि डिक्सहरुले पनि मेरुदण्डमा पर्ने झट्का तथा दवावलाई अवशोषण गरेर ढाडलाई चोट पु¥याउनवाट वचाउ“छ । नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्र्तसम्वन्ध छ । यि डिक्सहरुले आफ्नो ठा“उ छाड्दा मेरुदण्डको मूख्य नसा (स्पाइनल कर्ड) तथा कर्डवाट निस्किएका नसाहरुलाई थिचिदिन्छ ।

कारण तथा लक्षणहरूः 
नसा च्यापिने मुल कारण भनेकै खराव पोस्चर (आसन) हो । यसका अलावा अनियमित दिनचार्य तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, वस्ने, हिड्ने, व्यायम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवान गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरु, तनावग्रस्त पेशामा संलग्न पेशाकर्मीहरु जस्तै, डाक्टर, पुलिस, एक्ज्युकेटिभ, बैंकर्सहरु यो समस्यका जोखिममा छन् । धेरै वच्चा जन्माएकी आमा, मोटा तथा भू“डीलागेका व्यक्तिहरु, व्याययम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरुमा यो समस्य ज्यादा देखिएको छ । यस्ता खराव जीवनशैली भएका व्यक्तिहरुको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ । नसा च्यापिदा मूख्यतः नसाको क्रिया अवरुद्ध हुन जादा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हात तिर दुख्ने, हात–खुट्टा निदाउने, झमझमाउने, लाटो हुने र विस्तारै हात–खुट्टा तथा ढ“ाड चलाउन नसकिने, ढाडमा असहनिय पिडा हुने, उठ्दा बस्दा, हिड्दा, खोक्दा र हाच्छिउ गर्दा ढाड र हात–खुट्टा दुख्ने गर्छ । समस्या वढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ । समस्या गम्भिर भए मल–मुत्र विसर्जनमै समस्या (क्वाडा ईक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरून्त आपतकालिन ब्याबश्थापन गर्नु पर्ने पनि हुन सक्छ ।

उपचारः
नसा च्यापिएका रोगीहरु मध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगहरुलाई अप्रेशन गर्नुपर्ने हुनसक्छ । तर, आपतकालिन अवस्था छैन भने अप्रेशन नगराएकै राम्रँे हो । गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण वेड रेष्टका साथ फिजियो थेरापीका विद्युतिय उपकरणहरुले गरिने उपचारहरु आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाई आदि दिएर दुखाई कम गराईन्छ । यसका साथै अकुपञ्चर तथा अकुप्रेसर जस्ता चाइनिज उपचार पद्धतीले पनि यो रोगमा फईदा पु¥याऊछ । यी विधिले दुखाईमा राहत पु¥याउनका साथै हड्डी, डिस्क र लिगामेण्टको घाऊ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ । ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टीयोपेथि, काइरोप्रँक्टिस् जस्ता उपचार पद्धतीले दुखाई कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्दछ । दुखाई कम भएपछि विरामीलाई ढाडका व्यायम, योग आसनहरु सिकाइन्छ जसले मेरुदण्ड र आसपासका तन्तुहरुलाई मजवुद वनाउछ  र फेरी यहि समस्या दोहोरिन दिदैन । यदि नसा हड्डी खिईनाले च्यापिएको भए हड्डी खिईनको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनु पर्ने हुन्छ ।
 
सावधानीहरु एवं बच्ने उपायहरूः 
१. नियमित रुपमा व्यायम गर्ने बानी बसालौ, अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीरका हाड तथा जोर्नीहरुलाई मजवुद वनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउछ । श्रम र व्यायमवाट पन्छिने नगरौ ।  नसा च्यापिई सककोे अवश्थामा भने चिकित्सकले सुझाव दिएकोमात्र ब्यायाम गर्नु पर्छ । 
२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नवसौ, वस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दवाव दिएर नवसौं । एउटै पोजिसनमा लामो समय सम्म रहने व्यक्तिमा यो समस्य हुन सक्छ 
३. सामान वा भारी वस्तु उठाउदा सावधानी अपनाऔ । हड्वड्मा बलपूर्वक भारी उठाउने कोशिस नगरौं ।
४. अग्लो हिल जुत्ता वा चप्पलको प्रयोग नगरौं ।
५. उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।
७ अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरवाट नझुकौ । निहुरिएर गर्नुपर्ने कुनैपनि काम गर्नु पर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाऔ ।
८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिऔं । 
९ं शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढाडमा अतिरित्त दवाव दिन्छ । 
१० गद्दा, फोम, डल्लव जस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौ । स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान वढी आरमदायक भएपनि ढाडको लागि राम्रो होइन । 
११. साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामन्यतः एक इन्च जति बाक्लो कपासको विछ्यौनामा सुत्नु ढाडको लागी राम्रो हो ।
१२. सुत्दा सिधा सुत्ने वानी वसालौ । घोप्टो वा कोल्टे भन्दा उत्तानो सुत्नु नै ढाडको लागि राम्रो हो । नसा च्यापिई सके पछि भने खुट्टा खुम्च्याएर सजिलको हुने गरी गोडा मुनि तकिया राखेर सुतै । सि¥हानी काधको लम्वाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ ।
१३. लामो समयसम्म उभिरहने वा वसिरहने नगरौं । गर्नैपर्ने भएमा बिचबिचमा अवस्था परीवर्तन गरिरहनु होला । उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टा भन्दा ६ इन्च जति माथि कुनै वस्तुको आड लिइ राखौ ।
१४. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर वस्ने गरौं । ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ‘ब्याक रेष्टको प्रयोग गर्ने गरौं ।  
 १५. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढाडको वेल्ट वा घाटीको कलर लगाऔं । 
१६. हिड्दा बुढो मान्छे जस्तो कुप्रेर होइन, बहादुर जस्तो छाती खोलेर हिडौं । 


(लेखक भरतपुर—१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन ।)


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts