फिजियोथेरापीबाट हड्डीमा भएका समस्या ९९ प्रतिशतसम्म ठिक हुन्छ (भिडियोसहित)

What's This?


Download our app to get more features

कतिपय मानिसमा शरीरका विभिन्न अंगको शल्यक्रियापछि हड्डीमा समस्या, जोर्नी नचल्ने हुन सक्छ । कतिपयका विभिन्न कारणले मांसपेसी, हड्डी, जोर्नीमा क्षति पुगेर पनि समस्या भइरहेको हुन्छ । यस्ता समस्या समाधानको लागि फिजियोथेरापी उपयुक्त हुन्छ । 

फिजियोथेरापी धेरै प्रकारका हुन्छन् । त्यसमध्ये एक हो अर्थाेपेडिक फिजियोथेरापी । यसअन्तर्गत शरीरको पोस्चर मिलाइनेलगायतका काम पर्छन । घुँडा खिइएको अवस्थामा वा मांसपेसी कमजोर हुने समस्या पनि फिजियोथेरापीले निकै राहत पु¥याउँछ ।

अल्का अस्पतालका फिजियोथेरापिष्ट अर्मेन्द्र झाका अनुसार फिजियोथेरापीबाट ९९ प्रतिशतसम्म पहिलेको अवस्थामा बिरामीलाई ल्याउन सकिन्छ । यसको कुनै साइडइफेक्ट छैन । फिजियोथेरापी सिकेर घरमा आफंैले पनि गर्न सकिन्छ । 

हड्डीमा समस्या आए फिजियोथेरापीले कसरी ठिक पार्न सकिन्छ भन्ने बारे डा. झाले दिएको भिडियो सन्देश यसप्रकार छ ः–

Last modified on 2020-03-12 11:04:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts