भरतपुर अस्पतालमा अब १९ शैय्याको आइसोलेसन वार्ड



Download our app to get more features

चितवन, २९ फागुन । सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै भरतपुर अस्पतालमा १९ शैय्याको आइसोलेसन वार्ड स्थापना भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एवं अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको संयोजकत्वमा भएको ¥यापिड रेस्पोन्स टीमको बैठकमा आइसोलेसन वार्डलाई  विस्तार गरेको जनाइएको हो । यसअघि अस्पतालमा ५ शैय्याको आइसोलेसन वार्ड थियो ।

यस्तै अस्पतालले तीन सदस्यीय कोभिड –१९ आउटब्रेक म्यानेजमेन्ट टीमलाई पनि विस्तार गरी १३ सदस्यीय बनाएको छ  ।

बैठकले आम नागरिक एवं सरोकारवालाहरूको स्वास्थ्यप्रति विशेष चनाखो रही अस्पताल आई स्वास्थ्य सेवा लिन अनुरोध पनि गरेको छ । पछिल्लो १० दिनयता रुघाखोकी लागेर परीक्षणका लागि अस्पताल पुगेका, कोरोना जोखिम देश भ्रमण गरेका वा त्यस्ता व्यक्तिहरुसँग सम्पर्क भएका व्यक्तिलाई अस्पतालको कोठा नम्बर २०१ मार्फत सिधै सेवा दिने निर्णय पनि गरेको छ । भरतपुर अस्पतालमा हालसम्म दुई जनाको कोरोना परीक्षण भएको र दुवै जनाको रिर्पोट नेगेटिभ आएको छ । विहीबार पनि एक जनाको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको अस्पतालको भनाइ छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts